१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

भारतको उत्तराखण्डका मुख्यमन्त्रीसँग महेश बस्नेतले उठाए जयसिंह धामीको कुरा

६ वैशाख, काठमाडाैँ । भारतको उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले नेपाली विद्यार्थीलाई पढाइमा विषेश छुट उपलब्ध गराइने बताएका छन । मुख्यमन्त्री धामीले नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य एवं सांसद महेश बस्नेतसँग भारतको देहरादुनमा भएको भेटमा धामीले नेपालबाट उत्तराखण्ड जाने विद्यार्थीलाई छुटका लागि सरकार प्रतिबद्ध रहेको बताएका हुन ।

नेपालप्रति सकारात्मक दृष्ट्रि राख्ने मुख्यमन्त्री धामी र पूर्वमन्त्री बस्नेतले एक अर्कालाई तुलसीको बिरुवा आदान–प्रदान गरेर बधाई तथा शुभकामना साटासाट पनि गरेका छन । भेटघाटका दौरानमा नेपाल र उत्तराखण्ड तथा विशेष गरी सुदूरपश्चिम क्षेत्रको हितका विषयमा छलफल भएको मुख्यमन्त्री धामीका स्वकीय सचिव भुवन तिवारीले जानकारी दिए ।

सो क्रममा धार्मिक पर्यटन र महाकाली नदीका कारणले दुई देशका जनतामा देखिएको पारवहन समस्या तथा यातायात समस्या, सिँचाइको समस्या र तुइन काटिएर महाकाली नदीमा बेपत्ता भएका जयसिंह धामीका विषयमा समेत कुराकानी भएको तिवारीले बताए ।

उक्त भेटका क्रममा मुख्यमन्त्री धामीले पशुपति नाथ र केदारनाथको शीर डोलेश्वर महादेवको दर्शन गर्न नेपाल आउने इच्छा व्यक्त गर्नुभएको तिवारीले जानकारी दिए । हालै भारतीय जनता पार्टीका तर्फबाट धामी दोस्रो पटक मुख्यमन्त्री भएका हुन ।

प्रकाशित मिति : ६ बैशाख २०७९, मंगलवार ११:१५