२४ बैशाख २०८१, सोमबार | Mon May 6 2024

पाकिस्तानको २२ औं प्रधानमन्त्रीमा पूर्वक्रिकेटर इमरान खान निर्वाचित


१ भदाै, काठमाडाैँ ।  इमरान खान पाकिस्तानको प्रधानमन्त्री निर्वाचित भएका छन् । पूर्वक्रिकेटर खान पाकिस्तानका २२ औं प्रधानमन्त्री बनेका हुन् ।

नेशनल एसेम्बलीमा भएको चुनावमा पाकिस्तान मुस्लिम लिग जवाजका अध्यक्ष शाहज शरीफलाई पराजित गर्दै ताहरिक-ए-इन्साफको अध्यक्ष खान १७६ मतका साथ प्रधानमन्त्री चुनिए ।

शाहज शरीफले ९६ मत मात्र पाए । पाकिस्तान पिपुल्स लिग (पीपीपी)ले भने मतदान बहिस्कार गरेको छ । सभामुखले प्रधानमन्त्री निर्वाचनको मत परीणाम घोषणा गरेलगत्तै विपक्षी सांसदहरुले नाराबाजी गरेका छन् ।

प्रकाशित मिति : १ भाद्र २०७५, शुक्रबार १९:०५