१७ आश्विन २०८१, बिहीबार | Thu Oct 3 2024

दोस्रो गिरिश च्याम्पियनसिपमा सिड्नीको नेपाली क्लब सेन्ट जर्ज विजयी

४ वैशाख, एडिलेड । एडिलेडमा जारी दोस्रो गिरिश च्याम्पियन शिपमा गत बर्षको विजेता सेन्ट जर्ज नेपाली क्लब सिड्नी यस बर्ष पनि बिजयी भएको छ | आइतवार सम्पन्न फाइनल खेलमा ३-१ को अग्रताले आयोजक टिम गिरीश इभेन्ट स्पोर्टिङ क्लबलाइ हराउदै सेन्ट जर्जले बिजय हासिल गरेको हो ।

रोमाञ्चक फाईनलमा निर्धारित समयमा १-१ को गोलको बराबरी भए पछि थपिएको समयमा सेन्ट जर्जले दुइ गोल गरेको थियो । सेन्ट जर्जका सुशान्त कुवर, राम कुमार कुमाल र आशिष थापाले एक एक गोल गरेका थिए भने गिरीशका तर्फबाट एक मात्र गोल सुनम तामाङले गरेका थिए ।

प्रतियोगितामा सात गोल गरेर जग्जित श्रेष्ठले धेरै गोल कर्ताको उपाधि हासिल गरे भने उत्कृष्ट खेलाडीको उपाधि सुशान्त कुवरले हात पारेका छन् । उत्कृष्ट गोल रक्षकको उपाधि हेमन क्षेत्रीले र उत्कृष्ट रक्षापंङ्तीको उपाधि बिशाल चौवानले प्राप्त गरेका छन् । यसै गरि उत्कृष्ट मध्यपंङतीको खेलाडीको उपाधि राम कुमार कुमाल र उत्कृष्ट अग्रपंङ्तीको खेलाडीको उपाधि सोनम तामाङले प्राप्त गर्न सफल भएका छन् ।

खेलमा कुनै पनि कार्ड नपाएको एडिलेड खुकुरी क्लबले फेयर प्ले उपाधि हाशिल गर्यो । खेलमा दोस्रो उप बिजेता यति फुटवल क्लब भएको छ । यस अधि भएको पहिलो सेमीफाइनल खेलमा गिरीश इभेन्ट स्पोर्टिङ क्लबले १-१ को बराबरी पछि भनेको टाइब रेक्डमा ६-५ गोलले यति फुटबल क्लब सिड्नी माथी बिजय हासिल गरेको थियो भने अर्को सेमिफाईनलमा सेन्ट जर्ज नेपाली क्लब सिड्नीले ४-१ गोलले फरएभर योङ्ग फुटवल क्लब मेलवर्न माथी बिजय हासिल गरेको थियो ।

सेमिफाइनल खेलहरुमा पहिलो खेलमा सुरज श्रेष्ठ र दोस्रो खेलमा अशिम अर्यालले उत्कृष्ट खेलाडीको उपाधि हात पार्न सफल भएका थिए । यसैगरी भएको बालबालिकाहरु तर्फको खेलमा एडिलेड थन्डर क्लबले एडिलेड नेपाली खुकुरी क्लब माथी बिजय हासिल गरेको थियो भने भेट्रान्स तर्फको खेलमा एडिलेड नेपाली खुकुरी क्लबले २-१ गोलको अन्तरमा नेपाली पाठशाला माथि बिजय हासिल गरेको थियो ।

पुरस्कार वितरण समारोहमा साउथ अष्ट्रेलियाको पूर्व मन्त्री जिङ् ली, एनआरएनए अष्ट्रेलिया उपाध्यक्ष तथा साउथ अष्ट्रेलिया संयोजक रेनुका लामा, एनआरएनए साउथ अष्ट्रेलिया उपाध्यक्ष संजय पुरीले विजयी टिम तथा खेलाडीहरुलाई बधाई मन्तव्य दिएका थिए ।

बिजेता टिमलाई मेडल प्रदान गर्दै साउथ अष्ट्रेलिया सरकारको पुर्व मन्त्री जिङ् ली तथा आयोजक गिरीश इभेन्टका निर्देशक गगन गिरी ।
विजेता टिम ।
उप विजेता टिमलाई पुरस्कार वितरण गर्दै एनआरएनए अष्ट्रेलिया उपाध्यक्ष तथा साउथ अष्ट्रेलिया संयोजक रेनुका लामा ।
खेलाडीहरुलाइ बधाइ दिदै एनआरएनए साउथ अष्ट्रेलियाका उपाध्यक्ष संजय पुरी ।
पुरस्कार वितरण समारोहका संचालक तथा खेलका कमेन्टर रुद्र उपाध्याय

प्रकाशित मिति : ४ बैशाख २०७९, आईतवार १८:४५