१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

कांग्रेस नेतृत्वको झापाको गौरादह नगरपालिकामा मरेको बाख्रामा कर 

१ भदौँ, काठमाडौँ । स्थानीय तहले लिने करका विभिन्न शीर्षकलाई लिएर देशैभर आलोचना र व्यंग्य चलिरहेकोछ । यही बीचमा झापाको गौरादह नगरपालिकाले मरेको बा्रख्रामा कर लिएको विषय चार्चामा आएको छ ।

नगरपालिकाले मरेको पशुको सिफारिसदेखि जिउँदो पशु बिक्री र कृषिजन्य सामग्री सबैमा चर्को कर लगाएपछि स्थानीय आक्रोशित बनेका छन् । बिमा गरेको बाख्रा मरेपछि सिफारिसका लागि झापाको गौरादह नगरपालिका–१ ले  सिफारिस बनाउँदा २ सय ५० रुपैयाँ कर लिएको स्थानीय अमृत कटुवालले बताएका छन ।

कटुवालले भनेका छन ‘बाख्रा मरेर पीडामा छु’, उनले भने, ‘केही रकम बिमाबाट आउला कि भनेर सिफारिस बनाउन आएको त उल्टै यत्रो रकम करका नाममा तिर्नुप¥यो।’ गैरादह नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका नेता रोहितकुमार शाह विजयी भएका थिए । अहिले देशैभरका स्थानीय तहले लिएका चर्को करका विषयमा आलोचना भैरहेको छ ।

प्रकाशित मिति : १ भाद्र २०७५, शुक्रबार १२:४०