२ जेष्ठ २०८१, बुधबार | Wed May 15 2024

भारतीय दूतावासको रात्रीभोजः राजदूतको मन्तव्य सुन्दै देउवाले पिए रेड वाइन (फोटोफिचर)


२९ चैत, काठमाडौँ । सत्ता गठबन्धनका शीर्ष नेताहरु भारतीय राजदूतावास पुगेका छन् । मंगलबार साँझ गठबन्धनको बैठक सकिएसँगै प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लैनचउर स्थित भारतीय दूतावास पुगेका हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा लैनचौरस्थित भारतीय दूतावासमै पुगेर राजदूत बिनयमोहन क्वात्राको बिदाइ रात्रीभोजमा सहभागी भएका छन । मंगलबार साँझ गठबन्धन बैठक चलिरहेकै बेला बालुवाटारबाट बाहिरिएका देउवा, प्रचण्ड र माधव नेपाल भारतीय दूतावासमा पुगेका थिए । भोजमा क्वात्राले मन्तव्य राखेर सबैलाइ सहयोगका लागि धन्यवाद दिएका थिए ।

भोजमा प्रधानमन्त्री देउवाले रेड वाइन पिएका छन भने प्रचण्ड र माधव नेपालले वाटरमेलनको जुसमै चित्त बुझाएका छन । दूतावासको भोजमा सत्तारूढ दलका तीन नेता देउवा, प्रचण्ड र नेपाललाइ एउटै सोफामा राखिएको थियो भने नेकपा एमालेका उपनेता एवं संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङका लागि छुट्टै सिंगल सोफाको व्यवस्था गरिएको थियो । भोजमा माओवादीका नेता वर्षामान पुन, मन्त्रीहरू पम्फा भुसाल, प्रेम आले, उमाकान्त चौधरी लगायत देखिएका छन । रात्रीभोजको तस्बीरहरू तल हेर्नसक्नुहुन्छ ।

प्रकाशित मिति : २९ चैत्र २०७८, मंगलवार २२:१९

https://srdb.com.np/