नेकपाले नेतृत्व गरेको चन्द्रागिरी–१५ मा व्यक्तिगत घटना दर्ता निः शुल्क, अरूले पनि सिक्ने की ?
–श्रीहरि थापा
१ भदाै, काठमाडाैँ । नेकपाले नेतृत्व गरेको चन्द्रागिरी नगरपालिका वडा नम्बर १५ मा व्यक्तिगत घटना दर्ता निः शुल्क हुने भएको छ । नेकपाका नेता एवम् वडा नम्बर १५ का अध्यक्ष उत्तमबहादुर राउतले एउटा सार्वजनिक सूचना जारी गरेरै व्यक्तिगत घटना दर्ता निशुल्क हुने जानकारी दिएका छन ।
देशैभर व्यक्तिगत घटना दर्ताको विषयमा चर्को शुल्क लिएको समाचारहरू बाहिर अाइरहेको समयमा चन्द्रागिरीको वडा नम्बर १५ का वडा अध्यक्ष राउतले भने व्यक्तिगत घटना दर्ताको शुल्क नलिनेब बताएका छन ।
राउतले जारी गरेको सूचना अनुसार नागरिकता प्रमाणपत्र सिफारिस गरेको, जन्मदर्ता गरेको, बिबाह दर्ता गरेको, बसाइसराइ दर्ता गरेको, सम्बन्ध विच्छेद दर्ता गरेको, मृत्यु दर्ता गरेको, छात्रवृत्ति सिफारिस गरेको र स्वास्थ्यसम्बन्धी सिफारिस गरेको ३५ दिनसम्म पैसा नलाग्ने जनाइएको छ ।
राउताका अनुसार घटना भएको मितिले ३५ दिनभित्र ती सूचना दिएर दर्ता नगराए २५ रूपैयाँ जरिवाना लाग्ने उल्लेख गरिएको छ । अध्यक्ष राउतले मृतकसँगको नाता प्रमाणित गरेको भने ३१० रूपैयाँ लाग्ने उल्लेख गरेका छन ।
प्रकाशित मिति : १ भाद्र २०७५, शुक्रबार ११:५७