संघीयता बाँदरको हातमा नरिवल जस्तो भोः सहमहामन्त्री महत
१ भदाै, कास्की । नेपाली कांग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले संघीयता बाँदरको हातमा नरिवल जस्तो भएको टिप्पणी गरेका छन । शुक्रबार कास्कीमा सञ्चारकर्मीसँग कुरा गर्दै डा महतले जनताले बोक्नै नसक्ने गरी करको भारी लगाइएको भन्दै संघीयता बाँदरको हातमा नरिवल जस्तो भएको बताए ।
उनले संघीयताप्रति बितृष्णा जगाउने काम भएको भन्दै यसलार्इ सरकारले सच्चयाउनु पर्ने बताए । सरकार सुनको अण्डा दिने कुखुरा नै काटेर खाने आहान चरितार्थ गर्न उद्यत रहेको आरोप लगाउँदै उनले यसले समृद्धि हासिल नहुने बताए ।सरकारले बाटो बिराएको भन्दै उनले सुध्रन आग्रह गरे ।
प्रकाशित मिति : १ भाद्र २०७५, शुक्रबार ११:२०