२ जेष्ठ २०८१, बुधबार | Wed May 15 2024

भरतपुर फेरि माओवादीलाई दिने देउवाको निर्णय, रूखमै भोट हाल्छु भन्ने कांग्रेस कार्यकर्ता ट्वाँ


२९ चैत, काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चितवनको भरतपुर महानगरपालिका माओवादीलाई जिम्मा लगाउने निर्णय लिएका छन । यसैका लागि देउवाले नेपाली कांग्रेस केन्द्रीय कमिटीको बैठकको निर्णय विपरित ७५३ वटै पालिकाको भागवण्डा केन्द्रबाटै टुंग्याउने तयारीमा लाग्न आफू निकटका नेताहरूलाई निर्देशन समेत दिएका छन ।

नेपाली कांग्रेसकै कार्यकर्ताहरूको तीव्र बिरोधका बावजुद देउवाले भरतपुर माओवादीलाई जिम्मा लगाउने निर्णय लिएका हुन । उनले गठबन्धन जोगाएर कांग्रेसले पनि जित्नका लागि यस्तो निर्णय गरेको अन्य नेताहरूलाई बताएका छन । योसँगै चितवनको भरतपुरमा यसपटक रूख चिन्हमै भोट हाल्ने भनेर बसेका कांग्रेस कार्यकर्ता ट्वाँ परेका छन । उनीहरूले एक साता लगाएर सबै केन्द्रीय नेताहरूसँग पार्टीको अस्तित्व रक्षाका लागि भए पनि यसपटक भरतपुरमा कांग्रेसको उम्मेदवार हुनुपर्ने बताएका थिए ।

उनीहरूले पार्टीको केन्द्रीय नेतृत्वको निर्देशनको पालना गरे अब भरतपुरमा पुनः माओवादीको हशियाँ हथौडा चिन्हमा मतदान गर्नुपर्नेछ । देउलाले प्रचण्डपुत्री रेणु दाहालका लागि भरतपुर माओवादीलाई जिम्मा लगाउने निर्णय गरेको यो दोस्रो पटक हो । तीनै तहमा गठबन्धन हुने भनिएकाले चितवनको भरतपुरका कांग्रेस कार्यकर्ताले संघीय चुनावमा पनि रूख चिन्हमा मतदान गर्न पाउने छैनन् । किनकी त्यो माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको निर्वाचन क्षेत्र हो ।

गठबन्धनको तलहरूले पालिकाहरूको नेतृत्व भागवण्डाको क्रममामा २०७४ को स्थानीय चुनावमा जुन दल विजयी भएको छ । त्यो दलले अहिलेको चुनावमा पनि नेतृत्व पाउने सहमति बनेको छ । त्यही आधारमा टेकेर एमालेले जितेका स्थानीय तहहरूको नेतृत्व पाँच भाग लगाउने तयारी भएको छ ।

देउवासँग रूखमै भोट हाल्न दिनुस भनेर बिन्ती गर्न बालुवाटार पुगेका चितवनका कांग्रेसका नेताहरू ।

प्रकाशित मिति : २९ चैत्र २०७८, मंगलवार १०:३६

https://srdb.com.np/