१७ असार २०८१, सोमबार | Mon Jul 1 2024

नुवाकोटको म्यागङ गाउँपालिका अध्यक्षको भ्रष्टाचार मुद्दामा कांग्रेसको प्रतिरक्षा (विज्ञप्तिसहित)


२७ चैत, काठमाडौँ । नुवाकोटको म्यागङ गाउँपालिकाका अध्यक्ष आशा तामाङको विरूद्धमा अख्तियार दुरूपयोग अनुन्धान आयोगमा परेको भ्रष्टाचार मुद्दाको नेपाली कांग्रेसले बचाउ गरेको छ । कांग्रेसको म्यागङ गाउँपालिकाका सभापति सिंगराज तामाङको नेतृत्वमा ६ वटा वडाका अध्यक्षहरू समेतले संयुक्त रूपमा हस्ताक्षर गरी अख्तियारमा उजुरी पर्नुनै गलत भएको दलिल पेश गरेका छन ।

नेपाली कांग्रेसको लेटर प्याडकै प्रयोग गरेर उनीहरूले कर्मचारीले गरेको काममा गाउँपालिका अध्यक्षले भ्रष्टाचार गरेको भनेर राजनीतिक रूपमा चरित्र हत्या गर्न खोजिएको उल्लेख गरेका छन । उनीहरूले भ्रष्टाचार प्रमाणित गर्न चुनौति दिँदै उजुरीकर्ताको पहिचान खुलाउन माग समेत गरेका छन ।

यो पनि पढ्नुहोस्

७ करोडको ठेक्कामा २ करोड कमिसन ! नुवाकोट म्यागङका अध्यक्ष आशाविरूद्ध अख्तियारमा मुद्दा

म्यागङ गाउँपालिकाका अध्यक्ष आशा तामाङले पनि आफुमाथि लगाइएको भष्टाचारको आरोपमा कुनै सत्यता नभएको बताएका छन । उनले कमिसन खाने काममा आफूसंलग्न नभएको बताएका छन । अध्यक्ष तामाङले ७ करोडको ठेक्कामा सूचना संशोधन गरेर २ करोड भन्दा बढी कमिसन लिएको भन्दै आयोगमा मुद्दा परेको छ । आयोगले यस विषयमा अनुसन्धान सुरू गरेको छ ।

यस्तो छ कांग्रेसको विज्ञप्ति

प्रकाशित मिति : २७ चैत्र २०७८, आईतवार १३:३७