४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

हुन्डाईको नयाँ वर्ष विशेष योजना सार्वजनिक

२८ चैत, काठमाडाैँ । हुन्डाईको नयाँ वर्ष २०७९ विशेष योजना सार्वजनिक गरिएको छ । हुन्डाई अटोमोबाइलको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले नयाँ वर्ष २०७९ योजना ‘नयाँ वर्षको शुरुवात हुन्डाईको साथ’ सार्वजनिक गरेको हो ।

उक्त योजना अन्तर्गत ग्राहकले ४ लाख रुपैयाँसम्म छूट पाउने सक्ने कम्पनीले जानकारी दिएको छ । त्यस्तै नयाँ वर्ष बोनस ७९ हजार रुपैयाँ, एक्सचेन्ज बोनस ७९ हजार रुपैयाँ, मोडेल इयर डिस्काउन्ट ९९ हजार रुपैयाँ पाउन सक्ने बताइएको छ ।

सोही योजना अन्तर्गत द्रुत मूल्यांकन र स्पट एक्सचेन्जमा १ वर्षका लागि नि:शुल्क बीमा र सडक कर उपलब्ध गराइने पनि कम्पनीले जानकारी दिएको छ । कम्पनीले नेपालभर १६ शोरूम तथा १९ सर्भिस सेन्टरमार्फत सेवा दिँदै आएको छ ।

प्रकाशित मिति : २८ चैत्र २०७८, सोमबार १२:१०