१२ आश्विन २०८१, शनिबार | Sat Sep 28 2024

काठमाडाैँको कीर्तिपुर, टोखा र रामकोटमा मेगा बैंकको शाखारहित बैंकिङ सेवा शुरु

१ भदाै, काठमाडाैँ । मेगा बैंक नेपालले काठमाडौंको कीर्तिपुर, टोखा र रामकोटमा शाखारहित बैंकिङ सेवा शुरु गरेको छ । कीर्तिपुर नगरपालिकाको चम्पादेवी, टोखा नगरपािलकाको झोर र नागार्जुन नगरपालिकाको रामकोटमा मेगा बैंकले शाखारहित बैंकिङ सेवा शुरु गरेको हो ।

कीर्तिपुर नगरपालिका– ४ स्थित चम्पादेवीमा कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जन र मेगा बैंक नेपालका शाखारहित बैंकिङ सेवाका इन्चार्ज डम्बरबहादुर श्रेष्ठले संयुक्त रुपमा कारोबारको शुरु गर्नुभयो ।

मेयर महर्जनले कीर्तिपुरबासीको आर्थिक अवस्थामा सुधार गर्न मेगा बैंकले चालेको कदमको स्वागत गर्दै यस क्षेत्रमा नमुना बैकिङ्ग कारोबार गर्ने बैंकको रुपमा स्थापित होस् भन्ने शुभकामना व्यक्त गर्नुभयो ।

यसैगरी रामकोटमा शाखारहित बैंकिङ सेवाको शुरुवात गर्दै नागार्जन नगरपालिकाका मेयर मोहनकुमार बस्नेतले शाखारहित बैंकिङ सेवाको शुरुवातले रामकोट क्षेत्रमा विकासको ढोका खोल्ने बताउनुभयो । मेगा बैंकको सरल कर्जाबाट ग्रामीण भेगका धेरै साना तथा मझौला व्यवसायी लाभान्वित हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । मेगा बैंकका देशभर १ सय १९ वटा शाखारहित बैंकिङ सेवा छन् ।

प्रकाशित मिति : १ भाद्र २०७५, शुक्रबार ०८:५०