२ जेष्ठ २०८१, बुधबार | Wed May 15 2024

गभर्नर अधिकारको छानविन गर्ने समितिको संयोजकमा मन्त्री शर्माका दाइ


२६ असोज, काठमाडौँ । नेपाल राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारी माथि छानविन गर्न सरकारले गठन गरेको छानविन समितिको संयोजकमा अर्थमन्त्री जनार्दन शर्माका दाइ पूर्व न्यायाधीश पुरूषोत्तम भण्डारीलाई संयोजक बनाइएको खुलेको छ ।

सरकारले अर्थमन्त्रीले आदेश दिँदा पनि अबैध ४० करोड रूपैयाँ भित्र्याउन नदिएको बरू उल्टै मिडिया मार्फत त्यस विषय छताछुल्ल पारिदिएपछि गभर्नर अधिकारीमाथि छानविन गर्न भन्दै सर्वोच्च अदालतका पूर्व न्यायाधीश पुरूषोत्तम भण्डारीको संयोजकत्वमा तीन सदस्यी समिति बनाएको छ ।

यसअघि परमादेशको सरकारले स्रोत नुखुलेको ४० करोड रूपैयाँ छुटाउन गभर्नर अधिकारीमाथि दबाब दिएको थियो । तर उक्त दबाबका विषयमा सञ्चारमाध्यम आएपछि सरकारले गभर्नरलाई निलम्बन नै गरेको छ । मुलुकलाई आर्थिक संकटबाट रोक्न पटक लिखित र मौखिक सुझाव दिँदै आएका अधिकारीलाई अर्थ मन्त्रालयले निलम्बनको पत्र थमाएको हो । मन्त्रिपरिषद्‍को बिहीबारको बैठकले अधिकारीमाथि छानबिन गर्ने निर्णय गरेको थियो ।

अछामको बान्नीगढी जयगढ घर भएका पृथ्वीबहादुर शाहको खातामा दुई महिनाअघि करिब ४० करोड रुपैयाँ आएको थियो । रकम शंकास्पद देखिएपछि यस विषयमा अमेरिकाको सरकारी निकाय फाइनान्सियल क्राइम इन्फोर्समेन्ट नेटवर्क (फिनसेन)ले नेपाल राष्ट्र बैंकलाई पत्राचार गरेको थियो ।

शाह र परिवारका नाममा आएको रकम जफत गर्न र उक्त रकम अमेरिकालाई फिर्ता दिन फिनसेनले राष्ट्र बैंकलाई भनेको एक अधिकारीले बताए । लगत्तै राष्ट्र बैंकले सम्बन्धित खाता रोक्का गरी अनुसन्धान थालेको थियो । राष्ट्र बैंककै सिफारिसमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पनि अनुसन्धान गरिरहेका बेला परमादेशी सरकारका प्रतिनिधि अर्थमन्त्री जनार्दन शर्माले हस्तक्षेप गरेका छन् ।

शर्मा र भण्डारीको सम्बन्ध

जाजरकोटका भण्डारी सानीआमा ठूलीआमाका नातीहरू हुन । उनीहरू सानीआमा ठूलीआमाका नाती भएरमात्र होइन अन्य कुरामा पनि नजिक रहेका छन । सर्वोच्चमा हुँदा शर्मा र माओवादीलाई भण्डारीले धेरै गुन लगाएका छन । भण्डारीका लागि पनि शर्माले धेरै काम गर्दै आएका छन । भण्डारी तीनै व्यक्ति हुन, जसले भरतपुरको मतपत्र च्यातिएको प्रकरणमा प्रचण्डपुत्री रेणु दाहाललाई जिताउन पुनः मतदानको आदेश दिएका थिए ।

नेपालगञ्जका सुनव्यापरीको पाँच जनाको परिवारकै हत्या गरेर फरार भएका व्यक्ति १३ वर्षपछि पक्राउ परेका थिए तर तीनै भण्डारी र हालका सर्वोच्चका न्यायाधीश इश्वर खतिवडाको संयुक्त इजलाशले ९ महिनमै छुटाइदिएको थियो । जिल्ला र उच्च अदालतले पूर्वपक्षका लागि जेल पठाएका हत्याआरोपी भारतीय नागरिक किशोरीलाल सोनीलाई उनीहरूले साधारण तारेखमै छाडिदिएका थिए ।

प्रकाशित मिति : २६ चैत्र २०७८, शनिबार ११:२६

https://srdb.com.np/