उपकार लघुवित्तको आईपीओ आजदेखि खुल्याे, कति दिने आवेदन ?
२५ चैत, काठमाडाैँ । उपकार लघुवित्त वित्तीय संस्थाकाे आईपीओ आजखेखि निष्काशनमा आएको छ । लघुवित्तले जारी पूँजी ६ करोड ५६ लाख २५ हजार रुपैयाँको ३६ प्रतिशतले हुन आउने २ करोड ३६ लाख २५ हजार रुपैयाँ बराबरको २ लाख २६ हजार २५० कित्ता शेयर निष्काशनमा ल्याएको हो ।
उक्त शेयरमध्ये ०.५० प्रतिशत अर्थात् ३ हजार २८१ कित्ता शेयर कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ११ हजार ८१३ कित्ता शेयर सामुहिक लगानी कोषका लागि छुट्याएरर बाँकि रहने २ लाख २१ हजार १५६ कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
लघुवित्तको आईपीओमा प्रतिशेयर १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि अधिकतम १००० कित्तासम्मको लागि आवेदन दिन सकिनेछ ।
लघुवित्तको आईपीओमा चैत २५ गते देखि फागुन २९ गतेसम्ममा आवेदन दिन सकिनेछ ।
लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ भने प्रत्याभुतकर्तामा प्रभु क्यापिटल रहेको छ ।
लघुवित्तको चुक्ता पूँजी हाल ४ करोड २० लाख रुपैयाँ रहेको छ । सर्वसाधारणलाई २ करोड ३६ लाख २५ हजार रुपैयाँ बराबरको आईपीओ निष्काशन पश्चात चुक्ता पूँजी ६ करोड ५६ लाख २५ हजार रुपैयाँ पुग्नेछ ।
प्रकाशित मिति : २५ चैत्र २०७८, शुक्रबार ०७:१७












