१४ असार २०८१, शुक्रबार | Fri Jun 28 2024

परमादेशका लागि सेटिङ मिलाउने गोविन्द बन्दी कानुनमन्त्रीमा नियुक्त, केहीबेरमा सपथ


२४ चैत, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा गैरसांसद अधिवक्ता गोविन्द बन्दी (गोविन्दप्रसाद शर्मा कोइराला)लाई कानुनमन्त्री नियुक्त गर्न सिफारिस गरेका छन । संविधानको धारा ७८ अनुसार प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्री नियुक्त गरेपछि आजै दिउँसो २ बजे सपथ गराउने तयारी भएको छ ।

राष्ट्रपतिका स्वकीय सचिव डा भेषराज अधिकारीले बन्दीको सपथ दिउँसो २ बजेका लागि तय भएको पुष्टि गरे । हाल दिलेन्द्र बडू कानुनमन्त्री छन् । बन्दीलाई कानुनमन्त्री बनाएपछि दिलेन्द्र वडूलाई भने उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी दिन सिफारिस गरिएको छ ।

बन्दी परमादेश जारी गराएर शेरबहादुर देउवालाइ सिधै सर्वोच्चबाट प्रधानमन्त्री नियुक्त गराउन भूमिका खेल्ने मध्येका एक प्रमुख पात्र हुन । बन्दी तीनै व्यक्ति हुन जसले प्रधानन्याधीश चोलेन्द्रशम्शेर राणाको विरूद्धमा सर्वोच्च आन्दोलन गराउन समेत भूमिका खेलेका थिए ।

बन्दीले यसअघि कानुनमन्त्री नबनाएको भन्दै नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय सदस्य र कानुन विभाग प्रमुखको पद अस्वीकार गरेका थिए । त्यसपछि उनले श्रीमतिलाइ न्यायाधीश बनाउने ध्येका साथ सर्वोच्चको आन्दोलनमा सघाएका थिए ।

प्रकाशित मिति : २४ चैत्र २०७८, बिहीबार १३:१९