१४ असार २०८१, शुक्रबार | Fri Jun 28 2024

कांग्रेस स्थानीय तह घोषणापत्र समितिको बैठक सानेपामा


२४ चैत, काठमाडौं । नेपाली कांग्रेस स्थानीय तह घोषणापत्र समितिको बैठक केन्द्रीय कार्यालय सानेपामा जारी छ । आसन्न स्थानीय तहको निर्वाचनमा कांग्रेसले महामन्त्री गगन थापाको नेतृत्वमा घोषणापत्र समिति गठन गरेको थियो । जसमा डा.आरजु देउवासहितका युवा नेता तथा सामाजिक अभियन्तासमेत सहभागी छन् ।

आजको बैठकले स्थानीय तहको निर्वाचनमा पार्टीले अघि सानुपर्ने नारा, विकाका एजेन्डालगायतका बारेमा मोटामोटी खाका तय गर्ने समितिका एक सदस्यले जानकारी दिए । समिति गठन भएपछि पहिलोपल्ट बैठक बसेको हो ।

प्रकाशित मिति : २४ चैत्र २०७८, बिहीबार १२:५७