१४ असार २०८१, शुक्रबार | Fri Jun 28 2024

मोरङमा ४८ वर्षीया महिला बलात्कृत


२४ चैत, मोरङ । मोरङमा ४८ वर्षीया महिला बलात्कृत भएकी छन् । उनलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जना पुरुषलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेलबारी नगरपालिका–११ लक्ष्मीमार्ग मिलन चोक बस्ने ४५ वर्षीय कुल बहादुर बिक रहेका छन् । उनलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

बिकले ती महिलालाई बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी डाँगिहाट भाउन्नेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २४ चैत्र २०७८, बिहीबार १२:२९