९ असार २०८१, आईतवार | Mon Jun 24 2024

रेखा र वर्षामानसँग बसेर बाबुरामले भने, ‘नलाऊ माया दुईतिर..’ भन्नेहरू तीनतिर भइयो


२१ चैत, काठमाडौँ । पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई पछिल्लो समय सामाजिक सञ्जालको अति उपयोग गर्ने राजनीतिक नेता मध्येका एक हुन । उनी परिवारको गतिबिधिदेखि आफ्नो यात्रा गतिबिधि समेत सामाजिक सञ्जालमा राखेर अन्तरक्रिया गरिरहेका छन ।

सोमबार बिहानै पार्टी कार्यक्रममा निस्किएका डा भट्टराईले नेकपा माओवादी केन्द्रका नेता वर्षामान पुन र राप्रपा नेतृ रेखा थापासँगको तस्बीर कैद गरेर सामाजिक सञ्जालमा प्रतिक्रिया दिएका छन । उनले एअरपोर्टमा पुराना माओवादी सहकर्मीहरू बर्षमान पुन र रेखा थापासॅग जम्काभेट भन्दै भनेका छन, ‘नलाऊ माया दुईतिर..’ भनेर गीत गाउनेहरू तीनतिर पो भइयो भन्ने हॅासो पनि चल्यो !’

प्रकाशित मिति : २१ चैत्र २०७८, सोमबार १०:५३