९ असार २०८१, आईतवार | Mon Jun 24 2024

युवालाई प्रेरणा दिने लघु चलचित्रसम्बन्धी कार्यक्रमलाई ओलीले सम्बोधन गर्ने


२१ चैत, काठमाडाैँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले युवा संघ नेपालले आयोजना गरेको लघु चलचित्र निर्माणसम्बन्धी कार्यक्रमलाई आज सोमबार सम्बोधन गर्दैछन् । चाबहिलस्थित चलचित्र बोर्डको कार्यालयमा अपराह्न ४ बजे ओलीले कार्यक्रमलाई सम्बोधन गर्ने भएका हुन् ।

युवा संघले युवालाई उत्प्रेरणा जगाउने खालका लघु चलचित्र निर्माण गर्ने प्रतियोगिता आयोजना गरेको र आज ग्राण्ड फिनाले भएकाले अध्यक्ष ओलीले सम्बोधन गर्ने भएको संघका प्रवक्ता महाराज गुरूङले जानकारी दिनए । गुरूङका अनुसार उत्कृष्ट लघु चलचित्रहरू छनोट भइसकेका छन् ।

प्रकाशित मिति : २१ चैत्र २०७८, सोमबार ०८:३०