९ असार २०८१, आईतवार | Mon Jun 24 2024

राष्ट्रिय जनसाँस्कृतिक महासंघको अध्यक्षमा प्रेमनाथ अधिकारी निर्वाचित


२० चैत, काठमाडौँ । राष्ट्रिय जनसाँस्कृतिक महासंघ नेपालको आठौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय अध्यक्षमा प्रेमनाथ अधिकारी निर्वाचित भएका छन । आइतबार साँझ अध्यक्ष मण्डलले सर्वसम्मतिले कार्यसमिति घोषणा गर्दै अध्यक्षमा अधिकारीको नाम घोषणा गरेको हो ।

उपाध्यक्षमा भूमिका सुब्बा र आरसी न्यौपाने, महासचिवमा लालकाजी लामा, उपमहासचिवमा अशोककुमार राई, सचिवमा राममणि ढुङ्गेल, नारायणभाइ श्रेष्ठ, वृन्दा मैनाली, कृष्णगोपाल तामाङ र विजय यादव र कोषाध्यक्ष सिन्धु जलेसा बुढाथोकी निर्वाचित भएका छन । एमालेको जनसङ्गठन संयन्त्रका प्रमुख भानुभक्त ढकालको उपस्थितिमा सुरु भएको बन्दसत्रमा अध्यक्ष मण्डलका अध्यक्ष खगेन्द्र राईले सहमतिका आधारमा उक्त नामावली घोषणा गरेका थिए ।

प्रकाशित मिति : २० चैत्र २०७८, आईतवार २१:१९