९ असार २०८१, आईतवार | Mon Jun 24 2024

नेपाली जनता सबैजसो हिन्दी बोल्छन र भारतीय टेलिभिजन हेर्छन्ः प्रधानमन्त्री पत्नी राणा


२० चैत, काठमाडाैँ । नेपाली कांग्रेसकी नेतृ एवं प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी डा अराजु राणा देउवाले भारत भ्रमणको क्रममा विवादित अभिव्यक्ति दिएकी छिन । उनले नेपाली जनता सबैजसो हिन्दी बोल्ने र भारतीय टेलिभिजन हेर्ने भन्दै भारतीय समाचार संस्थालाई प्रतिक्रिया दिएकी छिन ।

उनले प्रधानमन्त्री देउवाको तीन दिने भारत भ्रमणको अन्तिम दिन नेपाली भाषा र नेपाली सञ्चार माध्यममाथि एकैपटक धावा बोलेकी हुन । राष्ट्रिय कमजोर पार्ने प्रधानमन्त्री पत्नीको अभिव्यक्तिको कतिपयले अालोचना गर्न सुरू गरेका छन । उनले सोही क्रममा नेपाल सानो देश भएको भन्दै देशैलाई होच्याउने अभिव्यक्ति पनि दिएकी छिन । आरजुले नेपाल सानो देश रहेको र भारत ठूलो देश भएकाले नेपाली जनताले भारतसँग असल सम्बन्ध राख्न चाहेको बताइन् ।

बनारस भ्रमण सकेर नयाँ दिल्ली हुँदै स्वदेश आउनुअघि भारतीय समाचार एजेन्सी एसिया न्यूज इन्टरन्याशनलसँगको अन्तरवार्तामा उनले नेपाल र भारत लगभग एकै रहेको बताइन् ।

 

प्रकाशित मिति : २० चैत्र २०७८, आईतवार २०:५४