९ असार २०८१, आईतवार | Mon Jun 24 2024

केपी ओली भन्छन्- बुद्धिजीवीले सामाजिक परिवर्तन र जागरण ल्याउने काम गर्नुपर्छ


२० चैत, काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले सामाजिक परिवर्तन र जागरण ल्याउने कार्यमा बुद्धिजीवीहरू क्रियाशील हुनुपर्ने बताएका छन् । एमालेनिकट बुद्धिजीवी परिषद्को १०औं राष्ट्रिय अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले समाज परिवर्तन र जागरण ल्याउने कार्यमा बुद्धिजीवीको अहम् भूमिका रहने भएकाले सोहीअनुसार क्रियाशील हुन निर्देशन दिए ।

आफ्नो सम्बोधनको अधिकांश समय दर्शनशास्त्र र दार्शनिक व्यक्तिबारे व्याख्या गरेका उनले देशमा भएका विभिन्न परिवर्तनका साहित्यकार र बुद्धिजीवीहरूले कृति र लेखले जनतालाई जागरुक गराएको बताए ।

प्रकाशित मिति : २० चैत्र २०७८, आईतवार १४:११