एनएलजी इन्स्योरेन्सको लाभांश पारित
१८ चैत, काठमाडाैँ । एनएलजी इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित लाभांश पारित भएको छ । कम्पनीको बिहीबार बसेकाे १६ औं वार्षिक साधारण सभाले लाभांश पारित गरेको हो ।
कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट चुक्ता पूँजी १ अर्ब २० करोड ६० लाख रुपैयाँको १० प्रतिशतका दरले हुन आउने १२ करोड ६ लाख रुपैयाँ बराबरको बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनको लागि ०.५२६३ प्रतिशत अर्थात ६३ लाख ४७ हजार रुपैयाँ नगद लाभांश पारित गरेको हो ।
यस्तै साधारण सभाबाट सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने गरी शालीनी राण शाह र भरत कुमार थापा सञ्चालक पदमा निर्विरोध निर्वाचित भएका छन् ।
प्रकाशित मिति : १८ चैत्र २०७८, शुक्रबार १४:२६