२४ बैशाख २०८१, सोमबार | Mon May 6 2024

इटालीमा पुल भत्किदा २६ जनाको मृत्यु, १५ जना घाइते १२ जना बेपत्ता


३० साउन, काठमाडाैँ । इटालीको उत्तर पश्चिम शहर जेनोवामा पुल भत्किँदा  ज्यान गुमाउनेको संख्या २६ पुगेको छ । घटनामा १५ जना घाइते भएका छन् । अरु १२ जना हराइरहेका छन् । ३ सय सुरक्षाकर्मीसँगै केही कुकुरको सहयोगमा उद्धारको प्रयास भैरहेको छ । ठूलो पानी परेपछि पुल भत्किएको भनिए पनि कारण भने अझै खुलेको छैन । पुल भत्किएको बेलामा त्यहाँ रहेका झण्डै ३५ कार र तीन वटा ठूला गाडी नदी, बाटो र केही घरमाथि खसेका बीबीसीले जनाएको छ ।

उद्धार कार्यमा रहेका एक कर्मचारीले इटालीको समाचार एजेन्सी अन्सालाई बताए अनुसार पुलको बाँकी रहेको भाग पनि भत्किन सक्छ त्यसकारण आसपासको विल्डिङ पनि खाली गर्न लागिएको छ ।

प्रकाशित मिति : ३० श्रावण २०७५, बुधबार ०८:३०