११ मंसिर २०८१, मंगलवार | Wed Nov 27 2024

नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारी बर्खास्त

२९ साउन, काठमाडाैँ । सरकारले नेपाल टेलिकमकी प्रबन्ध  निर्देशक कामिनी राजभण्डारीलार्इ बर्खास्त गरेको छ । प्रबन्ध निर्देशकमा कार्यकाल बाँकी नै रहेपनि मंगलबार अबेर सम्पन्न मन्त्रिपरिषद् बैठकले कामिनीलार्इ बर्खास्त गर्ने निर्णय गरेको नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।

कामिनीलार्इ एक पटक स्पष्टिकरण सोधेर काम गर्ने माैका दिइए पनि काम गर्न नसकेको भन्दै अस्ति मात्रै सञ्चार मन्त्रालयले ७२ घण्टे स्पष्टिकरण सोधेको थियो ।

प्रकाशित मिति : २९ श्रावण २०७५, मंगलवार २२:२७