समृद्धि फाइनान्सको हकप्रद शेयर बाँडफाँड
१७ चैत, काठमाडाैँ । समृद्धि फाइनान्स लिमिडेडले निष्काशन गरेको हकप्रद शेयरको बाँडफाँड कार्य सम्पन्न भएको छ । उक्त हकप्रदको बाँडफाँड हिजाे अर्थात् चैत्र १६ गते सम्पन्न गरिएको बिक्रि प्रबन्धक बिओके क्यापिटलले जनाएको छ ।
क्यापिटलका अनुसार हकप्रदमा आवेदन दिने शेयरधनीलाई १७ लाख ८९ हजार २ सय ३९ कित्ता शेयर बाँडफाँड गरिएको छ । याेसँगै हकप्रदमा अवितरित ९ लाख ४० हजार ४ सय ६६ कित्ता सेयर लिलाममा आउने छ ।
फाइनान्सले २ः१ को अनुपातमा अर्थात् हाल कायम २ कित्ता सेयर बराबर नयाँ १ कित्ता सेयरको अनुपातमा १०० रुपैयाँ अंकित दरमा कुल २७ करोड २९ लाख ७० हजार ५ सय रूपैयाँ बराबरको २७ लाख २९ हजार ७ सय ५ कित्ता हकप्रद सेयर निष्कासन गरेको हो ।
साथै, आफ्नो हक भन्दा बढी हकप्रद शेयरको निमित्त आवेदन गरी बाँडफाँडमा नपरेका सेयरधनीहरुको सेयर वापतको रकम फिर्ता भुक्तानी चैत २० गतेदेखि आवेदकले आफ्नो आवेदन फाराममा उल्लेख गरेको बैंक/वित्तीय संस्थाको खातामा IPS मार्फत सिधै रकमान्तर गरिने कम्पनीले जनाएकाे छ ।मिटेड नक्साल, काठमाडौंमा सर्पक राख्न समेत कम्पनीले अनुराेध गरेकाे छ ।
प्रकाशित मिति : १७ चैत्र २०७८, बिहीबार ११:०५