७ पुष २०८२, सोमबार | Mon Dec 22 2025

नेप्सेमा मंगलबार ३ कम्पनीको बोनस सेयर सूचिकृत, कुनको कति ?

१५ चैत, काठमाडाैँ । मंगलबार  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा २ वटा बैंक र एउटा लघुवित्तको बोनस सेयर सूचिकृत भएको छ । यसदिन नेप्सेमा एक्सेल डेभलपमेन्ट बैंक लिमिटेड, नबिल बैंक लिमिटेड र स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सूचिकृत भएको हो ।

नेप्सेमा एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको १२ प्रतिशत बोनस बापतको ९ लाख ७३ हजार ३ सय ४५ दशमलव ४६९७ कित्ता सेयर सूचिकृत भएको छ । त्यस्तै, नबिल बैंक लिमिटेडको ३३.६० प्रतिशत बोनस बापतको ४ करोड ६५ लाख १७ हजार ३ सय ५५ दशमलव ८९ कित्ता सेयर सूचिकृत भएको छ ।

यसैगरि, नेप्सेमा स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको ३२.३० प्रतिशत बोनस बापतको २ लाख ९७ हजार ३ सय २१ दशमलव ५० कित्ता सेयर सूचिकृत भएको छ ।

प्रकाशित मिति : १५ चैत्र २०७८, मंगलवार १५:१३