११ फाल्गुन २०८२, सोमबार | Mon Feb 23 2026

सिन्धुपाल्चोकको चौतारामा नेपाल बैंकको डिजिटल बैकिङ्ग वित्तीय साक्षरता कार्यक्रम

१४ चैत, काठमाडाैँ । सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिकाको आयोजना तथा नेपाल बैँक लिमिटेड चौतारा शाखाको सहकार्यमा गत शुक्रबार कृष्ण रत्नगंगा मा.वि. चौतारामा डिजिटल बैकिङ्ग वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएकाे छ ।

चौतारा साँगाचोकगढी नगरपालिकाका वडा नं.५ का वडा अध्यक्ष नरमान श्रेष्ठको सभापतित्वमा सम्पन्न सो वित्तीय साक्षरता कार्यक्रमको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि बाग्मती प्रदेशका वन तथा वातावरण मन्त्री बिशाल खड्काले गरेका थिए । बिशिष्ट अतिथिको रुपमा चौतारा साँगाचोकगढी नगरपालीकाका प्रमुख अमानसिंह तामाङ् र नेपाल बैँकका सहायक प्रमुख कार्यकारी अधिकृत होम बहादुर खड्का रहेको उक्त कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी निराजन श्रेष्ठ, नेपाल बैँकका बाग्मती प्रादेशिक कार्यालयका प्रमुख बिनय केसरी पौड्याल, जिल्ला प्रहरी प्रमुख, राष्ट्रिय अनुसन्धान प्रमुख, नेपाली सेना गोरखबक्स गणका गणपति, बिद्यालयका प्रधानअध्यापक लगायत शिक्षक शिक्षिकाहरु, बिभिन्न राजनीतिक दलका स्थानीय जनप्रतिनिधिहरु लगायतकाअतिथिहरुका साथै श्री कृष्ण रत्नगंगा मा.वि का बिद्यार्थिहरु, स्थानिय बासिन्दाहरु, व्यापारीहरु, व्यवसायीहरु लगायतको उपस्थितीमा करिव ३ घण्टा सो कार्यक्रम संचालन भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि बाग्मती प्रदेशका वन तथा वातावरण मन्त्री बिशाल खड्काले सिन्धुपाल्चोकको चौतारामा सबैभन्दा पहिला वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेकोमा नेपाल बैंकलाई धन्यबाद दिंदै डिजिटल बैंकिङ् अबको आवश्यकता भएको र हरेक नेपालीलाई यस सम्बन्धि सचेतना दिनुपर्ने आवश्यकता रहेको बताए ।

त्यसैगरि सांगाचोकगढी नगरपालिकाका प्रमुख अमानसिं तामाङले वित्तीय साक्षरता अभियान संचालन गरेकोमा नेपाल बैंकलाई धन्यबाद दिंदै यस कार्यक्रमबाट यस क्षेत्रका बिद्यार्थी लगायत समाजका सबै बर्गमा वित्तीय ज्ञान हाँसिल भई आर्थिक समृद्धिमा टेवापुग्ने विश्वास व्यक्त गरे ।

नेपाल बैँकका सहायकप्रमुख कार्यकारी अधिकृत होम बहादुर खड्काले विश्वभरि नै वित्तीय साक्षरताको लहर फैलिएको र समाजका हरेक व्यक्ति वित्तीय रुपमा सचेत भएमा मात्र देश समृद्ध हुने धारण व्यक्त गरे ।

नेपाल बैंकले आम जनताका वित्तीय आवश्यकताहरुलाई प्राथमिकतामा राखि बिभिन्न कार्यक्रमहरु संचालन गरिरहेको जानकारी गराउँदै त्यस क्षेत्रका जनताहरूले नेपाल बैँकप्रति देखाएको अपार विश्वास प्रति कृतज्ञता प्रकट गर्दै नेपाल बैंकका गुणस्तरिय बैकिङ्ग सेवा सुबिधाहरु प्रयोग गरिलाभान्वित हुन सबैमा आग्रह गरेका थिए ।

उक्त कार्यक्रममा नेपाल बैंकका मार्केटिङ्ग तथा रिसर्च डिभिजन प्रमुख अर्जुन बहादुर कंडेलले वित्तीय साक्षरताको आवश्यकता एवं महत्वका बारेमा प्रकास पारेका थिए ।

प्रकाशित मिति : १४ चैत्र २०७८, सोमबार १२:२५