आईपीओ निष्काशनको अनुमति माग्दै धौलागिरी लघुवित्त धितोपत्र बोर्डमा
१० चैत, काठमाडाैँ । सर्वसाधारणको लागि आईपीओ निष्काशनको अनुमति माग्दै धौलागिरी लघुवित्त वित्तीय संस्थाले नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ।
३ करोड ३१ लाख रुपैयाँ बराबरको ३ लाख ३१ कित्ता शेयर निष्काशनकाे अनुमित माग्दै लघुवित्तले बोर्डमा आवेदन दिएको हो।
लघुवित्तको हाल चुक्ता पूँजी ७ करोड रपैयाँ रहेको छ। ३ करोड ३१ लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन पश्चात लघुवित्तको चुक्ता पूँजी १० करोड ३१ लाख रुपैयाँ पुग्नेछ। लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराईज क्यापिटल रहेको छ।
प्रकाशित मिति : १० चैत्र २०७८, बिहीबार १३:४८












