१२ आश्विन २०८१, शनिबार | Sat Sep 28 2024

जीप दुर्घटना हुँदा एक बालिकाको मृत्यु

२८ साउन,रोल्पा । रोल्पा लिवाङबाट घोराहीतर्फ जाँदै गरेको यात्रुवाहक जीप रुन्टीबढी गाउँपालिका–१ विसुनधारामा दुर्घटना हुँदा आज एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा रुन्टीगढी गाउँपालिका–९ का सुदीप कार्कीका चार वर्षीया छोरी ऋतु कार्की रहेको प्रहरीले जनाएको छ । लु१च ९४९४ नम्बरको जीप दुर्घटना हुँदा सोहि जीपमा सवार ऋतुको च्यापिएर मृत्यु भएको जनाएको छ ।

सडकबाट ३० मिटर तल खसेको उक्त जीपमा १२÷१५ जना सवार रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी सामान्य घाइते भएकालाई प्राथमिक स्वास्थ्य केन्द्र होलेरीमा उपचार भइरहेको छ । जीपका चालक विशाल थापालाई नियन्त्रणमा लिई आवश्यक कानुनी कारवाहीको प्रक्रिया अगाडि वढाइएको इलाका प्रहरी कार्यालय होलेरीका प्रहरी निरीक्षक सुरेन्द्र धमालाले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २८ श्रावण २०७५, सोमबार १९:३६