२४ असार २०८१, सोमबार | Mon Jul 8 2024

रौतहटमा महिला बलात्कृत, आराेपित फरार


८ चैत, रौतहट । रौतहटमा एक महिला बलात्कृत भएकी छन् । साेमबार राति ८ बजेतिर शाैच गर्न खेत गएकी ती २२ वर्षीया महिलालाई फतुवा विजयपुर नगरपालिका-२ सितलपुरका २१ वर्षीय रुपलाल पटेलले बलात्कार गरेकाे आराेप छ । जिल्ला प्रहरी प्रमुख एसपी विनोद घिमिरेका अनुसार आराेपित पटेल फरार छन् । पीडित महिलाकाे स्वास्थ्य परीक्षणकाे तयारी भइरहेकाे छ ।

पीडित परिवारको जाहेरीका आधारमा पटेलमाथि उजुरी दर्ता हुने भएकाे छ । दुई सन्तानकी ती महिला घरछेउकै खेतमा शाैच गर्न गएकाे बताइएकाे छ । तर, पटेलले उनलाई खेतमै पछारेर बलात्कार गरेकाे प्रारम्भिक अनुसन्धानबाट खुलेकाे प्रहरीले जनाएकाे छ । पीडितले गुहार मागेर हाेहल्ला गरेपछि पटेल फरार भएका थिए ।

प्रकाशित मिति : ८ चैत्र २०७८, मंगलवार ११:०७