२४ असार २०८१, सोमबार | Mon Jul 8 2024

फोनिजको अध्यक्षमा प्रेस युनियनका नेता गजुरधन राई निर्विरोध


७ चैत, चितवन । आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को सातौँ महाधिवेशनबाट अध्यक्षमा प्रेस युनियनका नेता गजुरधन राई निर्विरोध निर्वाचित भएका छन । नेपाल टेलिभिजनमा लामो समय काम गरेका राई सोमबार निर्विरोध निर्वाचित भएका हुन । प्रेस युनियन नेपाली कांग्रेसको शुभेच्छुक संगठन हो ।

अन्य संगठनले अध्यक्षमा उठाउने प्रतिनिधि नै पाउन सकेनन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको जनवर्गीय संगठन प्रेस चाैतारीले वरिष्ठ उपाध्यक्षमा गोरखापत्रमा कार्यरत लम्की चाैधरीलाई उम्मेदवार बनाएको छ । महासचिवमा दृष्टिमा कार्यरत मिलन लिम्बु लगायतले उम्मेदवारी दिएका छन ।

प्रकाशित मिति : ७ चैत्र २०७८, सोमबार २०:०४