३० कार्तिक २०८१, शुक्रबार | Fri Nov 15 2024

यातायात कार्यालयका इन्जिनियर २० हजार घुससहित पक्राउ

२८ साउन, काठमाडाैँ । अख्तियार दुरूपयोग अनुसन्धान अायोगको टोलीले यातायात व्यवस्था कार्यालय बुटवलका एक कर्मचारीलार्इ सेवाग्राहीबाट घुस लिइरहेको अवस्थामा रंगेहात पक्राउ गरेको छ ।

कार्यालयका मेकानिकल इन्जिनियर सरोजकुमार साहलाई आयोग बुटवल कार्यालयबाट खटिएको टोलीले २० हजार घुससहित पक्राउ गरेको हो ।

नयाँ सवारीसाधन दर्ताका लागि साहले सेवाग्राहीबाट घुस लिन लागेको सूचनाका आधारमा पक्राउ गरिएको आयोग बुटवल कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दिनेशकुमार आचार्यले जानकारी दिए ।

प्रकाशित मिति : २८ श्रावण २०७५, सोमबार १५:०७