२४ असार २०८१, सोमबार | Mon Jul 8 2024

स्थानीय तहमा कांग्रेसको उम्मेदवार बन्न एसएसपी शाहले छाडे प्रहरीको जागिर


७ चैत, काठमाडाैँ । स्थानीय तहमा कांग्रेसको उम्मेदवार बन्न नेपाल प्रहरीका एक जना एसएसपी जागिर छाडेका छन । धनुषाका गोविन्द शाहले नेपाली कांग्रेसको उम्मेदवार बनेर स्थानीय तहको प्रमुख हुन नेपाल प्रहरीको वरिष्ठ उपरीक्षक (एसएसपी) राजीनामा दिएका हुन ।

उनले गत फागुन १० गते नै प्रहरी प्रधान कार्यालयमा आफ्नो राजिनामा बुझाएको सार्वजनिक भएको छ । जागिरको अबधि बाँकी भए पनि प्रहरीमा थप उन्नती नहुने निष्कर्षसहित शाहले राजनीतिमा लाग्ने निर्णय गरेका हुन । शाह धनुषाको विदेह नगरपालिकामा मेयरमा चुनाव लड्ने गरी तयारीमा लागेका छन । उनले विदेहमा अहिले घरदैलो अभियान चलाइरहेका छन ।

प्रकाशित मिति : ७ चैत्र २०७८, सोमबार २०:१५