९ मंसिर २०८१, आईतवार | Sun Nov 24 2024

सिटिजन लाइफ इन्स्योरेन्सको प्रिमियम भुक्तानी खल्तीबाटै गर्न सकिने

६ चैत, काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्सका सबै ग्राहकहरुले अब ‘खल्ती’ बाट सिधै आफ्नो बीमा प्रिमियम तिर्न सक्ने भएका छन् । डिजिटल भुक्तानीलाई प्रोत्साहित गर्न सजिलो बनाउने उद्देश्यले यो सेवा थालनी गरेको हो ।

यो सेवाले समयको कमीका कारण ढिलो भुक्तानी गर्ने वा अफिस जानको लागि समय निकाल्ने ग्राहकहरूका लागि केही ट्यापमै बिल भुक्तानीलाई सजिलो बनाउने लक्ष्य राखेको छ।

प्रकाशित मिति : ७ चैत्र २०७८, सोमबार १२:१५