चिकित्सक दर्ता प्रमाणपत्रका लागि परीक्षा दिने ७७६ डाक्टर मध्ये ५८७ जना फेल
२७ साउन, काठमाडाैँ ।चिकित्सक दर्ता प्रमाणपत्रका लागि परीक्षामा दिने ७७६ डाक्टर मध्ये ५८७ जना फेल भएका छन । नेपाल मेडिकल काउन्सिलले लिएको चिकित्सक दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षामा २४.४ प्रतिशत मात्र उतीर्ण भएका हुन ।
७७६ जना एमबीबीएस पास गरेका चिकित्सकहरुले दिएको लाइसेन्स परीक्षामा जम्मा १८९ जनामात्र पास भएको काउन्सिलले जनाएको छ । काउन्सिलले मार्च, अगष्ट र डिसेम्बर गरी वर्षमा तीन पटक चिकित्सक दर्ता प्रमाणपत्रको परीक्षा लिने गरेको छ ।
याे नतिजा अहिलेसम्मकै कमजाेर रहेको काउन्सिलले जनाएको छ । काउन्सिलले यस भन्दा अगाडि ०७४ साल मंसिर १६ गते लिएको परीक्षामाजम्मा ३९ प्रतिशतमात्र उत्तीर्ण भएका थिए ।
प्रकाशित मिति : २७ श्रावण २०७५, आईतवार १८:५६