२२ आश्विन २०८१, मंगलवार | Wed Oct 9 2024

काठमाडाैँकाे तारकेश्वरमा चार तलाबाट खसेर होली खेल्दै गरेकी महिलाको मृत्यु, एक जना गम्भीर घाइते

४ फागुन, काठमाडाैँ । होली खेलेर सेल्फी खिच्ने क्रममा आफ्नै घरको चौथो तलाबाट लड्दा एक महिलाको मृत्यु भएको छ । प्रहरीका अनुसार तारकेश्वर नगरपालिका-५ गोलढुङ्गाकी ४३ वर्षीया जीवनकुमारी खड्काको मृत्यु भएको हो ।

बिहीबार हाेली खेल्दै सेल्फी खिच्ने क्रममा रेलिङ भाँचिएर लड्दा गम्भीर घाइते भएकी उनको नेपाल प्रहरी अस्पताल महाराजगंजमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएकाे छ । लडेर घाइते भएकी सोही ठाउँ बस्ने ३८ वर्षीया अन्जु कार्कीको ग्रिन सिटी अस्पतालमा उपचार भइरहेको समेत प्रहरीले जनाएकाे छ ।

प्रकाशित मिति : ४ चैत्र २०७८, शुक्रबार १२:३०