१२ आश्विन २०८१, शनिबार | Sat Sep 28 2024

जीपले ठक्कर दिँदा नौ महीनाकाे बालककाे मृत्यु

२७ साउन,पाल्पा । तानसेनको बडीज्ञानटोमा जीपले ठक्कर दिँदा बगनासकाली गाउँपालिका–३ नायरनम्तलेसका नौ महीनाका निशान बस्यालको मृत्यु भएको छ । हुलाकचोकतिरबाट आन्दोलनचोकतर्फ आउँदै गरेको ग १ च ६७४८ नंको जीपको ब्रेक नलाग्दा पैदलयात्रीलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जीपको ठक्करबाट अन्य पाँच जना घाइते तिनको युनाइटेड मिशन अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रसनि अनुप अर्यालले जानकारी दिनुभयो । ब्रेक फेल हुँदा पाँच मोटरसाइकलमा क्षति पुगेको छ । गाडी चालक रैनादेवी छहरा–४ का कमल खत्रीलाई प्रहरीले नियन्त्रण लिएको छ ।

 

प्रकाशित मिति : २७ श्रावण २०७५, आईतवार १६:२०