१७ आश्विन २०८१, बिहीबार | Thu Oct 3 2024

नेपाली नयाँ वर्षमा प्रवासी नेपाली मञ्चले सिड्नीमा कार्यक्रम गर्दै

३ चैत, अष्ट्रेलिया। प्रबासी नेपाली मञ्च न्यु साउथ वेल्स राज्य समितिले आगामी २३ अप्रिलमा नेपाली नयाँ बर्ष २०७९ को उपल्यक्षमा शुभकामना आदान प्रदान कार्यक्रम गर्ने भएको छ ।

मञ्चका न्यु साउथ वेल्स राज्य समिति अध्यक्ष कृष्ण सापकोटाले नयाँ बर्ष २०५९ को सन्दर्भमा यहा रहेको नेपालीहरुका विचमा शुभकामना आदान प्रदान गर्दै भाईचाराको बढावा गर्नका लागि कार्यक्रम आयोजना गरिएको बताए ।

उनले नेपाली नयाँ वर्षको शुभकामना आदान प्रादान गर्दै नेपाली परम्परा बारेमा नया पुस्तालाई जानकारी दिने र प्रवासमा पनि नेपाली परम्पराको संरक्षण गर्न कार्यक्रम आयोजना गरिएको बताए । पछिल्लो समयमा अष्ट्रेलियामा नेपाली समुदायको बढ्दो उपस्थितिले यहाँको स्थानीय राजनीतिमा समेत नेपालीहरुको प्रभावलाई अझ शशक्त बनाउने काम गरेको छ ।

शुभकामना आदान प्रदान सहित वार्विक्यु कार्यक्रमले पनि नेपाली उपस्थिति बलियो रहेको देखाउन सहयोग पुग्ने अपेक्षा अध्यक्ष सापकोटाले गरेका छन । उनले नेपाली समूदायका सदस्यहरुबाट नयाँ नयाँ व्यापार व्यवसाय समेत बढ्दो रुपमा भएकाले त्यसको समेत प्रवर्धन मात्र नभएर यस्ता कार्यक्रममा हुने छलफलले नयाँ नयाँ क्षेत्र र संभावनाको खोजी समेत हुने बताए ।

अध्यक्ष सापकोटाले कार्यक्रममा मनोरञ्जन गदै अष्ट्रेलियामा हुर्कदै गरेको नयाँ पुस्तालाई नेपाली परम्परा, समुदाय, समाजका वारेमा पनि परिचय गराउने अवसर भएको बताए । उनले एनआरएनए सहितका विभिन्न सामाजिक संघ संस्थाका अगुवाहरुको उपस्थिति रहने जानकारी दिए । प्रवेश नि शुल्क रहेको कार्यक्रम अर्वन पार्क अर्वन सिड्नीमा हुने मञ्चले जनाएको छ ।

प्रकाशित मिति : ३ चैत्र २०७८, बिहीबार १८:४७