२४ बैशाख २०८१, सोमबार | Mon May 6 2024

स्थानीय तहका जनप्रतिनिधिले राजिनामा नदिए उम्मेदवार बन्न नपाउने, नयाँ आचारसंहिता तयार


३ चैत, काठमाडौँ । स्थानीय तहको निर्वाचनमा जनप्रतिनिधिले राजिनामा दिएमात्र उम्मेदवार बन्न पाउने भएका छन । पदीय दुरूपयोग रोक्न निर्वाचन आयोगले नयाँ आचारसंहिता जारी गरेको छ ।

स्थानीय सरकार सञ्चालन गरिरहेका जनप्रतिनिधिले पुनः उम्मेदवार हुन चाहेमा हालको पदबाट राजिनामा दिनुपर्ने बाध्यकारी नियम नयाँ आचारसंहितामा राखिएको निर्वाचन आयोगले जनाएको छ । आयोगले निर्णय गरेर आचरसंहिता प्रकाशनका लागि राजपत्रमा पठाइसकेको आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम पौडेलले बताएका छन ।

स्थानीय तह निर्वाचन ऐनमा स्थानीय तहबाट पारिश्रमिक लिने व्यक्ति उम्मेदवार हुन नपाउने प्रावधान रहेकाकारण सोही अनुसारको आचारसंहिता तयार गरिएको आयोगले जनाएको छ ।

यद्यपी आचारसंहिता गलत भएको भन्दै नेपाली कांग्रेस र नेकपा एमाले लगायतका दलले आपत्ति जनाएका छन । उनीहरूले एक दिन पनि खाली नहुने गरी परिकल्पना गरिएको स्थानीय तहको कार्यसम्पादन कसरी चल्छ भन्ने प्रश्न उठाएका छन ।

प्रकाशित मिति : ३ चैत्र २०७८, बिहीबार ०८:१४