२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

सिमकोट गाउँपालिकालाई नगरपालिका बनाउन माग

१ चैत, हुम्ला । हुम्ला सदरमुकाम रहेकाे सिमकोट गाउँपालिकाले हिउँदे गाउँसभाबाट नगरपालिका बनाउन माग गरेको छ । सिमकोट गाउँपालिकाको आवश्यक सबै मापदण्ड पूरा भएको भन्दै सिमकोट गाउँपालिकाको सभामार्फत नगरपालिका बनाउने सिफारिस भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत उजिर रोकायाले बताए । हुम्लामा अहिलेसम्म एउटा पनि नगरपालिका नभएको हुम्लामा सिमकोट गाउपालिका नगरपालिकाको लागिका आवश्यक प्रक्रिया सुरु गरिसकेकाे प्रमुख प्रशासकीय अधिकृत उजिर रोकायाले बताए । पाँच वर्षको कार्यकाल सकिन लाग्दा आफ्नो कार्यकालमा नगरपालिकाका लागि आवश्यक पूर्वाधार तयार गरिएको भएको कारण नगर पालिकाको माग गरेको सिमकोट गाउपालिका अध्यक्ष पदमबहादुर लामाले बताए ।

प्रकाशित मिति : १ चैत्र २०७८, मंगलवार १२:२४