१२ आश्विन २०८१, शनिबार | Sat Sep 28 2024

अब फेसबुक लगायतका सोसल मिडियालार्इ पनि करको दायरमा ल्याइने

२७ साउन, काठमाडाैँ । सरकारले भाइवर, स्काइप, इमो, फेसबुक, मेसेन्जर, ट्विटर, ह्वाट्स एप, इन्स्टाग्रामलगायत सोसल मिडियालाई करको दायरा ल्याउने भएको छ । यसका लागि सरकारले विभिन्न निकायसँग छलफल चलाइरहेको छ । इन्टरनेट सेवा प्रदायक करको दायरामा आएपछि सरकारले सोसल मिडिया (सामाजिक सञ्जाल) लाई पनि करको दायरका ल्याउन गृहकार्य सुरू गरेको हो ।

राजस्व सचिव शिशिरकुमार ढुंगानाले सामाजिक सञ्जालबाट दिनहुँ धेरै रकम बाहिरिए पनि नेपालले फाइदा लिन नसकेकाले नयाँ नीतिगत व्यवस्था गर्न लागिएको जानकारी दिएकाे अाजको अन्नपूर्ण पोस्टले समाचार लेखेको छ । ढुंगानाले भनेका छन  ‘अब यस्ता सोसल मिडिया नेपालमा सेवा प्रदायक कम्पनीका रूपमा दर्ता हुनुपर्नेछ’ ,उनले भने, ‘यसका लागि मन्त्रालयले आन्तरिक राजस्व विभागलाई निर्देशन दिइसकेको छ ।’

सोसल मिडियामा कर लगाउनु अघि सरकारले दूरसञ्चार ऐन र नियमावली संशोधन गर्नुपर्ने नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक मीनप्रसाद अर्यालले बताएका छन । ‘ग्राहकलाई आर्थिक भार नपर्ने गरी कर लगाउनु पर्छे’, उनले भने । अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षणअनुसार मोबाइल सेवा प्रयोग गर्नेको संख्या गत जेठसम्म तीन करोड ८० लाख पुगेको छ । यसमध्ये मोबाइल इन्टरनेट प्रयोगकर्ता एक करोड १६ लाख छन् । इन्फोअब सोसल मिडिया पनि नेपालमा सेवा प्रदायक कम्पनीका रूपमा दर्ता हुनुपर्नेछ । यसका लागि मन्त्रालयले आन्तरिक राजस्व विभागलाई निर्देशन दिइसकेको छ अाजको अन्नपूर्ण पोस्टमा समाचार छ ।

प्रकाशित मिति : २७ श्रावण २०७५, आईतवार ०८:४७