४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

नेपाल टेलिकमले २० प्रतिशत बाेनस र २० प्रतिशत नगदसहित ४० प्रतिशत लाभांश दिने

१ चैत, काठमाडाैँ । नेपाल टेलिकमले ४० प्रतिशत लाभांश घोषणा गरेको छ। नेपाल टेलिकमले २० प्रतिशत बनोस र २० प्रतिशत नगद गरेर ४० प्रतिशत लाभांश घोषणा गरेको हो ।

नेपाल टेलिकमले १० वर्षपछि नगदसँगै बनोस पनि दिएको हो । टेलिकमको कम्पनीको १५ करोड कित्ता सेयर रहेको छ। १५ अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको छ। कम्पनीको बजार पुँजीकरण २ खर्ब ५७ अर्ब रुपैयाँ पुगेको १० वर्षयता ४० प्रतिशतभन्दा कम लाभांश दिएको छैन।

नेपाल टेलिकमले गत आर्थिक वर्षको द्वितीय त्रैमासिक अवधि (२०७७ पुस मसान्त) सम्मको खुद मुनाफा ३ अर्ब २८ करोड ९३ लाख ९४ हजार रहेकोमा चालु आर्थिक वर्षको सोही अवधि ९२०७८ पुस मसान्त० मा ६० करोड ८४ लाख ८१ हजार (अर्थात १८.४९ प्रतिशत) ले वृद्धि भई ३ अर्ब ८९ करोड ७८ लाख ७५ हजार रुपैयाँ पुगेको छ।

प्रकाशित मिति : १ चैत्र २०७८, मंगलवार ०९:२६