२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

नेपाल निजामती कर्मचारी संगठनकाे अध्यक्षमा लेखनाथ कोइराला, यी हुन पदाधिकारी

१ चैत, काठमाडाैँ । नेपाल निजामती कर्मचारी संगठनकाे ११ औं राष्ट्रिय अधिवेशनबाट लेखनाथ कोइराला सर्वसम्मत अध्यक्षमा चयन भएका छन । काठमाडाैँ भएको अधिवेशनबाट कोइरालाको नेतृत्वमा नयाँ कमिटी चयन भएको हो ।

संगठनको उपाध्यक्षमा भवानी न्याैपाने दाहाल, रेमन्त गौतम र प्रभास साह चयन भएका छन । त्यस्तै महासचिवमा जीवन काफ्ले चयन भएका छन । अधिवेशनबाट उपमहासचिवमा रामचन्द्र अधिकारी, कृष्ण बहादुर केसी, युवाचन्द्र घिमिरे र विजया सुवेदी चयन भएका छन ।

संगठनको सचिवमा वामदेव ओली, देवेन्द्र ढकाल, तेज प्रकाश भण्डारी, सुर्य बहादुर कुँवर, पुरुषोत्तम रायमाझी र विष्णु कुमारी अधिकारी चयन भएका छन । त्यस्तै कोषाध्यक्षमा गणेश प्रसाद आचार्य चयन भएका छन भने कार्यलय सचिवमा पदम बहादुर शाही चयन भएका छन ।

प्रकाशित मिति : १ चैत्र २०७८, मंगलवार ०६:५४