२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

जनताको भावना बुझेर कांग्रेसले गठबन्धनबारे निर्णय लिन्छ : नेता सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनताको भावना बुझेर कांग्रेसले गठबन्धनबारे निर्णय लिने बताउएका छन् । नेपाली कांग्रेसले सुरु गरेको ‘घरघर जाउँ, कांग्रेस जिताउँ’ एकमहिने कार्यक्रमअन्तर्गत आज मीनभवनमा आयोजित कार्यक्रममा उन्ले जनताको राय र सुझावका आधारमा निर्वाचनमा गठबन्धन गर्ने नगर्नेबारे पार्टीले निर्णय लिने बताएका हुन् ।

“कांग्रेस एकमहिने अभियान लिएर जनताको घरदैलोमा गएको छ, जनता र पार्टीका कार्यकर्ताले दिएको राय, सुझावलाई लिएर कांग्रेसले स्थानीय तहको निर्वाचनमा अरु पार्टीसँग गठबन्धन गर्ने वा नगर्नेबारे निर्णय लिन्छ”, उन्ले भने ।

नेता सिंहले अहिलेको गठबन्धनको निर्माण कांग्रेसको रहर नभई बाध्यता भएको भन्दै संविधानलाई सही दिशामा लैजानका लागि सरकारले काम गर्ने बताए । आम नागरिकले सहजरूपमा न्याय पाउन नसकेकाले प्रधानन्यायाधीशमाथि महाअभियोग लगाउन परेको उन्को भनाइ थियो । पार्टीका पूर्वमहामन्त्री सिंहले अमेरिकी सहयोग सम्झौता (एमसिसी)का बारेमा विभिन्न राजनीतिक दलले जनतामा भ्रम छर्ने काम गरेको भन्दै एमसीसीका बारेमा जनतालाई बुझाउनु जरुरी रहेको उल्लेख गरे ।

प्रकाशित मिति : ३० फाल्गुन २०७८, सोमबार १७:४०