१२ आश्विन २०८१, शनिबार | Sat Sep 28 2024

दुर्इ साता पनि नबित्दै काठमाडाैँमा इनारमा डुबेर अर्को दुई जनाको मृत्यु

२७ साउन, काठमाडाैँ ।  इनार सफा गर्ने क्रममा डुबेर दुई जनाको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका वडा नं ४ महाराजगञ्ज चुनदेवीमा नवराज अधिकारीको घरमा रहेको इनार सफा गर्ने क्रममा शनिबार दिउँसो चुनदेवीका ३२ वर्षीय नरेश महर्जन र बैतडीका ३५ वर्षीय प्रेम लामाको मृत्यु भएको हो ।

महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख एवं प्रहरी नायब उपरीक्षक भेषराज रिजालले इनार सफा गर्ने क्रममा महर्जनको घटनास्थल र लामाको त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको जानकारी दिनुभयो ।

रिजालका अनुसार लामा पहिला इनारभित्र छिरेको र इनारभित्र अक्सिजन नभएर आत्तिएपछि महर्जनले उनलाई उद्धार गर्न जाँदा उनकोसमेत मृत्यु भएको हो । यसअघि केही दिन अघि सामाखुशीमा इनार सफा गर्ने क्रममा तीन जनाको मृत्यु भएको थियो ।

प्रकाशित मिति : २७ श्रावण २०७५, आईतवार ०७:५०