२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

चापागाउँकाे वाणी विलास विद्यालयकाे छात्रवृत्ति कोषलाई रत्न महर्जनले दिए एक लाख रुपैयाँ

३० फागुन, ललितपुर । चापागाँउस्थित वाणी विलास विद्यालयमा आफ्ना बाबुआमाको नाममा छात्रवृत्ति कोष स्थापनाका लागि स्थानीय रत्न महर्जनले एक लाख रुपैयाँको प्रदान गरेका छन् ।

विद्यालय परिसरमा आयोजित भवन हस्तान्तरण तथा ४०औं अभिभावक दिवसको सन्दर्भमा आयोजित कार्यक्रममा महर्जनले शिक्षा मन्त्री देवेन्द्र पौडेलकाे उपस्थितिमा अक्षयकोष स्थापनाका लागि रकम दिएका हुन् । आर्थिक अवस्था कमजोर विद्यार्थीहरूले पढ्न पाउन् भनेर छात्रवृत्तिकाे लागि पैसा दिएको महर्जनले बताए ।

प्रकाशित मिति : ३० फाल्गुन २०७८, सोमबार १४:२७