१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

काँग्रेस नेता राणाको निधन, सभापति देउवाद्वारा दुःख व्यक्त

२६ साउन, काठमाडाैँ । नेपाली काँग्रेसका नेता भरत शम्शेर राणाको आज भारतको कोलकोतामा निधन भएको छ । काँग्रेस सभापति शेरबहादुर देउवाले एक शोक विज्ञप्तिमार्फत पार्टीका पूर्वकेन्द्रीय सदस्य एवं राजनीतिक परिवर्तनका वाहक राणाको निधनले मर्माहत र स्तब्ध बनाएको उल्लेख गर्नुभएको छ ।

सभापति देउवाले लोकतन्त्र र गणतन्त्र स्थापनाको आन्दोलनमा स्व राणाले पु¥याउनुभएको योगदान इतिहासमा सदा स्मरणीय रहिरहने उल्लेख गर्दै उहाँको निधनबाट पार्टीलाई अपूरणीय क्षति पुगेको जनाउनुभएको छ ।

सभापति देउवाले स्व राणाप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै उहाँको आत्माको चिरशान्तिको कामना र शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्नुभएको छ ।

प्रकाशित मिति : २६ श्रावण २०७५, शनिबार २१:३०