२३ आश्विन २०८१, बुधबार | Thu Oct 10 2024

संखुवासभा बस दुर्घटनाप्रति एमालेद्वारा दुःख व्यक्त

२६ फागुन, काठमाडौं । संखुवासभा मादी-६मा बिहीबार बिहान १४ जनाको ज्यान जाने गरी भएको घटनाप्रति नेकपा एमालेले दुःख व्यक्त गरेको छ । १४ जनाको मृत्यु र पाँच जना घाइते हुने गरी भएको सो घटनाप्रति दुःख व्यक्त गर्दै एमालेले आफ्नो पार्टी स्तब्ध र मर्माहत भएको जनाएको छ ।

केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले बिहीबार अपरान्ह विज्ञप्ति जारी गरेर घटनाप्रति दुःख व्यक्त गरेका हुन् । सो घटनामा परि ज्यान गुमाएप्रति श्रद्धाञ्जली व्यक्त गर्दै एमालेले घाइतेहरुको स्वास्थ्यलाभको कामना गरेको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७८, बिहीबार १७:११