११ भदौ २०८३, बिहिबार | Thu Aug 27 2026
http://kk5.io/NADA2026

सशस्त्र प्रहरी परिवार महिला संघद्वारा एपीएफ अस्पताललाई पाठेघर चेकजाँच गर्ने मेसीन प्रदान

२४ फागुन, काठमाडाैँ । ११२औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सशस्त्र प्रहरी परिवार महिला संघकी केन्द्रिय अध्यक्ष श्रीमती सरिता कँणेल खनालले मंगलबार नेपाल एपीएफ अस्पताललाई करीव १६ लाख रुपैयाँ बराबरको पाठेघर चेकजाँच गर्ने मेसीन प्रदान गरेकी छिन ।

खनालले सो अस्पतालका प्रमुख प्रा. सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक डा. रुपक महर्जनलाई उक्त मेसीन हस्तारन्तरण गरेकी छिन । कार्यक्रममा संघकी अध्यक्ष कँणेल खनालले सशस्त्र प्रहरी परिवार महिला संघलाई सहयोग पुर्याउने संघका कार्यकारीणी पदाधिकारी तथा सल्लाहाकार र नेपाल एपीएफ अस्पतालका डाक्टरलाइ प्रशंसा पत्र समेत प्रदान गरेको सशस्त्र प्रहरी निरीक्षक शैलेन्द्र थापाले जानकारी दिए । अस्पताललाई प्राप्त मेशिनको प्रयोगले हाल प्रदान गरिरहेको सेवा थप प्रभाकारी हुने बिश्वास गरिएको छ ।

प्रकाशित मिति : March 8, 2022 at 8:38 pm