नेष्डो समृद्द लघुवित्तको आईपिओ बाँडफाँड, ३ जना भाग्यमानीले पाए ११ कित्ता शेयर
२४ फागुन, काठमाडौँ । नेष्डो समृद्द लघुवित्तले निष्काशन गरेको आईपिओ आज बाँडफाँड भएको छ । बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले आज दिउँसो जमलको एल्लो प्यागोडा होटेलमा शेयर बाँडफाँड गरेको हो ।
आईपिओमा कुल २५ लाख २७ हजार १ सय १ जनाबाट २ करोड ८७ लाख ८१ हजार ५ सय २० कित्ताको लागि आवेदन परेकोमा ४ हजार १ सय १६ जनाको आवेदन रद्द भई २५ लाख २२ हजार ९ सय ५५ जनाको आवेदन मात्र योग्य रहेको क्यापिटलले जनाएको छ । माग भन्दा बढीको आवेदन परकोले योग्य रहेका २५ लाख २२ हजार ९ सय ५५ जनाको आवेदनलाई गोलाप्रथामा सहभागी गराएर शेयर बाँडफाँड गरिएको छ ।
गोलाप्रथाबाट शेयर बाँडफाँड गर्दा ७७ हजार ४ सय ५६ जनाले १० कित्ताको दरले शेयर पाएका छन्। त्यसपछि १० कित्ता शेयर पाएकालाई समावेश गरेर दोस्रो पटक गोलाप्रथा गर्दा थप ३ जनाले थप १ कित्ताका दरले शेयर पाएका छन् । यस हिसाबले ७७ हजार ४ सय ५३ जनाले १० कित्ता शेयर पाएका छन् भने भने ३ जनाले ११ कित्ता शेयर पाएका छन् । आवेदन दिएका मध्ये २४ लाख ४९ हजार ६ सय ४५ जना आवेदक भने हात खाली भएका छन् ।

कम्पनीले फागुन ११ गतेदेखि सर्वसाधारणलाई आईपिओ निष्काशन बिक्रि खुला गरेको हो । कम्पनीले प्रति कित्ता १०० अंकित दरले हुन आउने ८ करोड २८ लाख ७५ हजार बराबरको ८ लाख २८ हजार ७ सय ५० कित्ता शेयर निष्काशन गरेको हो । जस मध्ये ०.५ प्रतिशत अर्थात् १२ हजार ७ सय ५० कित्ता कम्पनीको कर्मचारीको लागि र ५ प्रतिशत अर्थात् ४१ हजार ४ सय ३७ कित्ता सामुहिक लगानी कोषको लागि छुट्याईएको छ । बाँकि रहेको ७ लाख ७४ हजार ५ सय ६३ कित्ता शेयरको लागि सर्वसाधारणले आवेदन दिएका हुन् ।
प्रकाशित मिति : २४ फाल्गुन २०७८, मंगलवार १४:०८












